आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका थिए ।
तर देउवाकै व्यस्तता देखाउँदै बैठक स्थगित भएको हो । अब शुक्रबार दिउँसो बैठक बस्ने जनाइएको छ ।
शुक्रबार बस्ने बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने तयारी छ ।