प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित उनकै निवास पुगेका छन् ।
नेपालको निवासमा दुई नेताबीच नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुन लागेको हो ।
देउवा एमाले नेता नेपाल पक्ष, माओवादी केन्द्र र जसपा (यादव(भट्टराई) पक्षको समर्थनमा मंगलबार प्रधानमन्त्री बनेका थिए । नेपाल पक्षका २६ सांसदले समर्थन गरेपछि देउवाले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।
पछि सर्वोच्च अदालतले देउवाको उक्त दावी नै वैधानिक भनी प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको थियो ।