कालिगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले कालिगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश दिएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माको रिटमा सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै कम आदेश दिएको हो ।

सर्वोच्चले कालीगण्डकी नदी इभर्सन गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रम चोरी निकासी तथा विनाश गर्ने लगायत प्राकृतिक वहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनै काम नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

रिट निवेदक शर्मासहित वातावरण संरक्षणकर्मी र कानुन व्यवसायीले कालिगण्डकी नदी विश्वकै पवित्र नदी भएकोले यसको सौन्दर्यलाई नै असर गर्ने गरी नदीको प्राकृतिक बहावलाई परिवर्तन गर्ने ड्याम बनाउने, शालिग्राम एवं गिट्टी, बालुवा चोरी निकारी गर्ने उद्देश्यले भएका निर्णय तथा कार्यहरू रोकी पाउँ भन्दै असार २५ गते रिट दायर गरेका थिए ।

सोही रिटको पहिलो सुनुवाइमा प्रधानन्यायाधीश जबराको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार