निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री ओली बालुवाटार छाडेर आफ्नो निजी निवास बालकोटतर्फ लागेका हुन् ।
ओलीको विदाईमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारबाट स्कर्टिङ गरेका छन् । एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।
ओली बाहिरिएसँगै अब प्रधानमन्त्री देउवाले बालुवाटार प्रवेश गर्ने तयारी गरिरहेका छन् । मंगलबार शपथसँगै पदभार ग्रहण गरिसकेका देउवा साइत हेराएर बालुवाटार प्रवेश गर्ने तयारी भइरहेको छ ।