ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । ‘फरार रहेको भनिएका’ गच्छदार आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बनेको भोलिपल्टै बुधबार बिहान अदालतमा हाजिर भएका हुन् ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । जग्गा हिनामिना प्रकरणमा मुछिएका गच्छदार एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका थिए । अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश दिएको थियो ।
देउवा प्रधानमन्त्रीमा सपथग्रहण गरेलगत्तै गच्छदारले अदालतमा आत्मसमर्पण गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । उनलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्ने भन्ने सम्बन्धमा आज थुनछेकको बहस हुनेछ ।