पाँच विद्यार्थी संगठनद्वारा आयल निगमको थानकोट बिक्री केन्द्रमा धर्ना

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नगरिएको भन्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले पेट्रोल पम्पहरु बन्द गरेका छन् । बुधबार बिहानेदखि उनीहरुले पेट्रोलियम पदार्थ विरतणमा अवरोध गरेका छन् भने काठमाडौं वितरण केन्द्र थानकोटको मुलगेटमा धर्ना दिएका छन् । त्यस्तै ट्यान्करहरु पनि चल्न दिएका छैनन् ।

उनीहरुले नेपाल आयल निगमका धनगढी, दिपायल, नेपालगन्ज, सुर्खेत, तुलसीपुर, पोखरा, बुटवल, अम्लेखगन्ज, जनकपुर, विराटनगर, झापा, विरगन्जका बिक्री केन्द्रहरु बन्द गर्ने पनि घोषणा गरेका छन् ।

उनीहरुले मंगलबार पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघलाई ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोल पम्प र ढुवानीमा प्रयोग हुने ट्यांकर बन्द गर्न भनेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार