प्रधानमन्त्री देउवाको सपथग्रहण कार्यक्रममा ओली नजाने

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ समारोहमा नजाने भएका छन् ।

अघिल्लोपटक आफ्नो सपथ समारोहमा देउवासहित पूर्वप्रधानमन्त्रीहरु उपस्थित नभएको भन्दै ओली नजाने भएका हुन् ।

यसअघि ओलीले प्रधानमन्त्रीको सपथ लिँदा देउवासहित पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई अनुपस्थित थिए ।

शपथ ग्रहण स्थलमा उपराष्ट्रपतिसहित विभिन्न दलका नेता, उच्च पदस्थ सरकारी अधिकारी लगायत भने पुगिसकेका छन् । तर प्रधानमन्त्री ओली भने शीतलनिवास गएका छैनन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार