राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने देउवाको अडान

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्ती नसच्चाएसम्म सपथ ग्रहण नलिने अडान लिएका छन् ।

मंगलबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिबाट देउवालाई संविधानको कुन धारा अन्तर्गत नियुक्त गरियो भन्ने उल्लेख छैन । सोही कारण देउवाले नियुक्ति पत्रमा आपत्ति जनाएका हुन् ।

आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् ।

यस्तो छ देउवालाई प्रधानमन्त्रीमा नियुत्ति गरेको पत्र:

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार