धादिङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोराको मृत्यु

धादिङको थाक्रे गाउँपालिका–६ महादेवबेँशीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नुवाकोट विदुर नगरपालिका–१३ का नारायण शिवभक्ति र उनका १० वर्षीय छोरा आर्यन शिवभक्ति रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख महेन्द्र खड्काले जानकारी दिए ।

नौबिसेबाट मलेखुतर्फ जाँदै गरेको ना४ख ९४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा७३प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ भने नारायणको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि सडकमा लडेर घाइते भएका बालकको ट्रकले पछि हटाएर किच्दा मृत्यु भएको प्रत्यक्षदर्शी रामचन्द्र रुपाखेतीले बताउइन् । दुर्घटनामा घाइते एक जनाको उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको र उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनापछि भाग्दै गरेको ट्रकलाई प्रहरीले कोइराले भन्ने स्थानबाट नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार