कांग्रेसबाट खाँण र कार्की मन्त्री बन्ने

नेपाली कांग्रेसले प्रमुख सचेतक बालकृष्ण खाँण र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसबाट तीन जनाले शपथ लिने भएका छन् ।

खाँणलाई गृह र कार्कीलाई कानुन मन्त्री बनाउने तयारी रहेको स्रोतको दाबी छ । यस्तै नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थ र नेता पम्फा भुसाललाई ऊर्जा मन्त्री बनाउन लागेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीसहित मन्त्रीहरु अहिले साँझ ६ बजे शपथ कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले सर्वोच्च अदालतको परमादेशअनुसार देउवालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार