जापानले नेपालसहित एसियाली देशलाई अष्ट्राजेनेका खोप दिने

जापानले कोभ्याक्स कार्यक्रममार्फत् नेपालसहितका एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ । मंगलबार जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् मंगलबार अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप अनुदानमा दिने बताएका हुन् ।

उनले गरेको घोषणा अनुसार कोभ्याक्स कार्यक्रममार्फत् नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस र श्रीलंकाका साथै विभिन्न प्यासिफिक द्वीपका राज्यहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदास्वरुप उपलब्ध गराइने छ । उनले इन्डोनेसिया, ताइवान र भियतनामलाई १०र१० लाख डोज खोप दिइने पनि जानकारी दिएका छन् ।

जापानले दिएको खोप नेपालले कहिले र कति डोज पाउँछ भन्ने टुंगो छैन । समाचार संस्था रोयटर्सका अनुसार विदेश मन्त्री मोतेगी यही साता खोप पठाउने बताएका छन् । जापानले कोभ्याक्सका लागि १ अर्ब डलर ३ करोड डोज खोप दिने प्रतिवद्धता व्यक्त गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार