देउवा–प्रचण्ड भेटपछि माओवादीले मन्त्री टुंगो लगाउने

नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ । त्यसका लागि देउवासँग अध्यक्ष प्रचण्डले भेट गर्ने छन् । देउवाले प्रधानमन्त्रीको शपथ लिनुअघि प्रचण्डले छलछल गर्न लागेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा मंगलबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुनुपूर्व देउवासँग छलफल गर्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले देउवासँग छलफल गरेपछि मात्र माओवादीले मन्त्री टुंगो लगाउने जानकारी दिए । उनले भने, ‘पहिला त अध्यक्ष कमरेडले शेरबहादुर देउवा जीसँग कुराकानी गर्नुहुन्छ, त्यो कुराकानीको आधारमा हामीले आवश्यक निर्णय गर्छौं ।’

उनले नामको बारेमा आज छलफल नै नभएको बताएका छन् । नामको बारेमा अहिले छलफल भएन । कस्तो मन्त्रिपरिषद् गठन गर्ने भन्न बारेमा छलफल गरेपछि मात्र निर्णय गर्न उपयुक्त हुन्छ भनेर नामबारे निर्णय हुन्छ’, उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार