एमाले स्थायी कमिटी बैठक स्थगित, ओलीले २ बजे सम्बोधन गर्दै

आज अपरान्ह १ बजे बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकोले बैठक स्थगित भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । सर्वोच्च अदालतले सोमबार संसद विघटन पुनस्र्थापना गर्दै शेरबहादुर देउवालाई मंगलबार साँझ प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही निर्णय अनुसार देउवाले साँझ ५ बजे राष्ट्रपति कार्यालयमा सपथ लिने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार