देउवाले भोलिनै मन्त्रिमण्डल गठन गर्ने

सर्वोच्च अदालतले संसद पुनस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेसँगै विपक्षी गठबन्धनले देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने भएको छ । सर्वोच्चको फैसलापछि कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै देउवाले भोलि नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । बैठकपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने विषयमा छलफल भएको जानकारी दिए । उनले आगामी दिनमा एमालेको माधव पक्षसँगको सहकार्य निरन्तर जारी रहने जानकारी दिएका छन् ।

सोमबार विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला शीतल निवासबाट भोलि मंगलबार सपथ ग्रहणका लागि खबर आएको काँग्रेस नेताहरुले बैठकमा जानकारी गराएका थिए । त्यसपछि नेताहरुले सरकार कस्तो बनाउने भन्नेबारे छलफल गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार