सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक सात दिनभित्र बोलाउन आदेश दिएको छ ।
अदालतले संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै दायर भएको रिटमाथि फैसला गर्दै सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ ।