माओवादीको पछि लागेर कुनै अर्थ छैन: नेता रायमाझी

नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चल्न नसकेको आरोप लगाएका छन् ।

शनिबार रिपोटर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक पाँच वर्षमा महाधिवेशन पर्ने भएपनि उसले आफ्नो अद्यावधिक गर्न नसकेको तर्क गरेका छन् । उनले आफैले बनाएको संविधानलाई माओवादीले नमानेर अराजकता सिर्जना गर्न खोजेको धारणा पनि राखेका छन् । रायमाझीले सङ्घीय सांसद, प्रदेश सांसद, पालिकाका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गरेको जिकिर गरे ।

उनले देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै पार्टीहरूलाई सिस्टममा नल्याई समृद्धि आउन नसक्ने धारणा राखे । उनले माओवादी अब सिद्धिने भन्दै त्यस्ता पार्टीको पछि लागेर कुनै अर्थ नहुने बताए ।

उनले माओवादीले यसअघि पनि महाधिवेशनमा खल्तीबाट नाम निकालेर आफ्ना मान्छेलाई मात्र नेतृत्वमा ल्याउने काम गरेको आरोप पनि लगाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार