वाग्मती प्रदेशसभाको बैठक स्थगित, आइतबार बस्ने

आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेट पास गर्नका लागि आह्वान गरिएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले सूचना जारी गरेर स्थगित गरेको हो ।

सचिवालयका अनुसार आज स्थगन बैठक आइतबार साढे ११ बजे बस्ने छ । आव २०७८/८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरीद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरुले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल, प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको बैठकमा सदन एकदिन सार्ने विषयमा सहमति जुटेसँगै बैठक सारिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार