भटमासको प्रशोधित तेलले बढायो निर्यात

चालू आर्थिक वर्षको जेठ मसान्तसम्म विराटनगर भन्सारबाट वस्तु आयात बढेको छ । ११ महिनाको अवधिमा १ खर्ब ७१ अर्ब ३९ करोड ३२ लाख ३७ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ ।

आयातको तुलनामा निर्यात भने निकै कम भएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा ३० अर्ब ९८ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ । निर्यातभन्दा १ खर्ब ४० अर्ब ४० करोड ६२ लाख ५ हजार रुपैयाँ बढीको सामान आयात भएको देखिन्छ । ८१.९२ प्रतिशत बढीको सामान आयात भएको देखिन्छ ।

भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले विराटनगर नाकाबाट हुने माल वस्तुको आयात प्रत्येक वर्ष बढ्दै गएको बताए । निर्यातभन्दा आयात बढी हुँदा नेपालमा व्यापार घाटा बढेको उनको भनाइ छ ।

गत आर्थिक वर्षमा विराटनगर नाकाबाट निर्यातभन्दा १ खर्ब ३५ अर्ब ५५ करोड १३ लाख ३ हजार रुपैयाँ बढीको मालसामान आयात भएको थियो । भारत तथा तेस्रो मुलुकबाट १ खर्ब ३२ अर्ब ६८ करोड २५ लाख ४ हजार रुपैयाँको सामान आयात हुँदा नेपालबाट २८ अर्ब ५१ करोड ३१ लख २० हजार रुपैयाँको सामान निर्यात भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार