तनहुँमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भिर घाइते

तनहुँमा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भिर घाइते भएका छन् । भिमाद बजारबाट घिरिङ्ग गाउँपालिकाको पुट्टार जाँदै गरेको लु १ त ७२०७ नम्बरको ट्याक्टर भिमाद नगरपालिका– ३ सेर्कामा दुर्घटना भएको हो ।

दुर्घटनामा पुट्टारका ५३ वर्षीय यदुराज घिमिरेको मृत्यु भएको र ट्याक्टर चालक ३० बर्षीय ऋषि अधिकारी गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । ट्याक्टरका मालिक समेत रहेका अधिकारीलाई उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको प्रहरी निरीक्षक खड्काले बताए ।

सात जना सवार रहेको ट्याक्टर दुर्घटनामा २० वर्षीय यामबहादुर दरैलगायत सामान्य घाइते भएकोे र उनीहरुको भिमाद स्वास्थ केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट तल बारीमा खसेर दुर्घटना भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार