नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा

साबिक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । २२ वर्षका क्यानडिन खेलाडी डेनिस सपोभालोभलाई पराजित गरेर जोकोविच २०औं ग्राण्डसलाम उपाधि नजिक पुगेका हुन् ।

३४ वर्षे जोकोभिचले डेनिसलाई ७–६, ७–५ र ७–५ को सेटमा पराजित गरेका हुन् । जोकोभिचले उपाधिका लागि भोली इटालीका मातेओ बेर्रितिनीसँग प्रतिस्पर्धा गर्ने छन् ।

सातौं वरियताका मातेओ पुरुष एकलतर्फ फाइनलमा पुग्ने पहिलो इटालियन खेलाडी हुन् । २५ वर्षका उनी सन् १९७६ यता ग्राण्डसलामको फाइनलमा पुग्ने उनी पहिलो इटालियन खेलाडी हुन् ।

मातेओले पाँच विम्बल्डनसहित कुल १९ ग्राण्डसलाम विजेतासँग प्रतिस्पर्धा गर्ने छ । सो खेलमा जित निकालेमा दुवै खेलाडीका लागि कीर्तिमानी हुने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार