अमेरिकाले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप सहयोग गर्ने

अमेरिकाले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप सहयोग गर्ने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची–एलेनले अमेरिकाले नेपाललाई उक्त खोप दिन लागेको जानकारी दिएकी हुन् । उनले भनिन्, ‘यो अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार हो । यससम्बन्धी विस्तृत जानकारी छिट्टै दिनेछौं ।’

खोप आगामी शनिबार (अमेरिकी समयअनुसार शुक्रबार) आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक मात्रा लगाए पुग्छ । विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने राष्ट्रपति बाइडेनको घोषणा अनुसार नेपालले उक्त परिमाणमा खोप प्राप्त गर्न लागेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार