एमाले कार्यदलमा एकताको सहमति, भोलि अन्तिम रुप दिइने

नेकपा (एमाले)मा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको बैठक समझदारीमा टुंगिएको हो ।

कार्यदलले सहमतिको साझा मस्यौदा तयार गरेको छ । तर त्यसको अन्तिम रुप भोलि दिने निर्णय गरेको छ । आज सिंहदरबारमा करिब सात घण्टा लामो छलफलबाट कार्यदलले सो मस्यौदा तयार गरेको हो । कार्यदलका सदस्य तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आजको बैठकमा सहमतिको मस्यौदा तयार गर्ने काम भएको र भोलि त्यसलाई अन्तिम रुप दिने तयारी भएको जानकारी दिए ।

कार्यदलले तयार गरेको सहमतिको मस्यौदालाई अन्तिम रुपदिन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने कार्यदलले बताएको छ । दुई नेताहरुको सहमतिपछि मात्र मस्यौदाले अन्तिम रुप लिने कार्यदलका सदस्यहरुको भनाई छ । गत सोमबारदेखि सहमतिका लागि सक्रिय कार्यदलका सदस्यहरुले आज सहमतिको मस्यौदा गर्न लामो समय लगाए । कार्यदलका सदस्यहरुको सुझाव र विचारलाई संश्लेषण गर्न समय लागेको कार्यदलका सदस्य रघुजी पन्तले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार