पोखरामा टिपरले पैदलयात्रीलाई ठक्कर दिँदा महिलाको मृत्यु

पोखरामा सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ । पोखरा महानगरपालिका–५ गणतन्त्र चोकमा ग १ ख ९७०३ नम्बरको टिपरले पैदलयात्री स्याङ्जा बिरुवा गाउँपालिका–४ घर भई हाल पोखरा–१७ बिरौटा बस्ने ४० वर्षीया रीता केसीलाई बिहीबार ठक्कर दिएको थियो ।

टिपरको ठक्करपछि गम्भीर घाइते केसीलाई उपचारका लागि अस्पताल लगिएकामा उपचारका क्रममा आज मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवणुकमार विकले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार