प्रधानमन्त्री ओली मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रमा जाने

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रको अवलोकनमा जाने भएका छन् ।

शनिबार बिहान साढे १० बजे हेलिकप्टरबाट प्रधानमन्त्री सिन्धुपाल्चोक जाने कार्यक्रम छ । प्रधानमन्त्रीले क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्र लगायतका विभिन्न स्थानको हवाइ निरीक्षण गर्नेछन् ।

प्रधानमन्त्रीले पीडितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनका प्रतिनिधिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।

असार १ गते आएको बाढी र पहिरोमा परेर सिन्धुपाल्चोकमा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार