त्रिविको स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेबाट

पायक पर्ने क्षेत्रबाट पनि परीक्षा दिन पाउने

कोरोनाका कारण स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयकोे स्नातक प्रथम वर्षको परीक्षा आगामी साउन १० गतेबाट हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले सो परीक्षामा संलग्न हुने विद्यार्थीहरुले आफू अध्ययनरत क्षेत्रमा परीक्षा दिन नसक्ने अवस्था आएमा पायक पर्ने क्षेत्रबाट परीक्षा दिन पाउने व्यवस्था मिलाएको जनाएको छ ।

देश बाढी पहिरोे प्रकोपको चपेटामा परेका बेला हुन लागेको परीक्षाका लागि आफू अध्ययनरत क्षेत्रमा बस्न नपाएका विद्यार्थीले पायक पर्ने क्षेत्रबाट परीक्षा दिन पाउने व्यवस्था गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यस्तै, स्नातकोत्तर सेमेष्टरतर्फको तेस्रो सेमेष्टरको परीक्षा २० साउनबाट हुने पनि जनाइएको छ । २५ भन्दा बढी विषयमा हुन लागेको सो परीक्षा भने जहाँ विद्यार्थीले पढेका हुन् सोही ठाउँबाट दिनुपर्ने बताइएको छ । उक्त परीक्षामा करिब ८ हजार विद्यार्थी सहभागी हुँदैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार