आन्तरिक उडानमा लगाएको कोटा प्रणाली आइतबारबाट हट्दै

अब मागअनुसार उडान हुने

आन्तरिक उडानमा लगाएको कोटा प्रणाली आगामी आइतबारबाट हट्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब आन्तरिक उडानमा वायुसेवा कम्पनीहरुले आफूलाई आवश्यक संख्यामा उडान माग गर्न सक्ने भएका छन् ।

देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको र यात्रुको चाप परेको भन्दै उडान संख्या थप हुनुपर्ने माग गरेका थिए । सोही अनुसार प्राधिकरणले अब यसअघिको ५० प्रतिशत भनि तोकिएको सीमा हटाएको हो ।

कोरोनाको दोस्रो लहरसँगै सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान गत असार १७ गतेदेखि खुलेको थियो ।

आन्तरिक उडान खुलेसँगै शुरूआतमा दैनिक ६४ वटा उडान मात्रै गर्न अनुमति दिइएको थियो । निषेधाज्ञा अघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो ।

Loading...