बंगालादेशको एक कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु

बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । बङ्लादेशको औद्योगिक क्षेत्रमा रहेको खाद्य प्रशोधन कारखानामा भएको आगलागीमा परि अन्य ३० जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो भएको आगलागीमा परे केही मजदुर हराइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । कारखानमा काम भइरहेको समयमा आगलागी भएका कारण भागदौड मच्चिएको थियो ।

केही मजदुर हाम फालेका थिए । जसका कारण घटनामा मृत्यु हुने तथा घाइतेको सङख्या बढी भएको हुन सक्ने आशंका गरिएको छ ।

के कारण आगलागी भएको हो भन्ने अहिलेसम्म पुष्टि भएको छैन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार