कोरोना अपडेट: थप २ हजार २ सय ३९ जनामा संक्रमण, २० जनाको मृत्यु

नेपालमा शुक्रबार थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६५७ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ४ सय ७९ र ४ हजार ६५६ एन्टीजेन परिक्षणका क्रममा ७६० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९५ हजार ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २० कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ९ हजार ३ सय ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ३१६ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख १६ हजार ९ सय २९ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म ३४ लाख ३ हजार ४१० वटा पिसिआर र २ लाख २७ हजार २०७ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार