खोला तर्ने क्रममा बगेका तनहुँका नेपाली मृत भेटिए

खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरेखोला तर्ने क्रममा स्थानीय ४५ वर्षीय नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो ।

बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएपछि खोजतलास गरिए पनि भेटिएका थिएनन् । आज बिहानदेखि नै नेपाल प्रहरी र स्थानीयको सक्रियतामा खोजी गर्दै जाँदा बगाएको स्थानबाट करिब एक किलोमिटर तल शव फेला परेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

Loading...