नायिका जेनी कुँवरले लेखेको सुसाइड नोटमा के छ ?

नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौंको थापागाउँस्थित अपार्टमेन्टमा बिहीबार उनी मृत भेटिएकी हुन् । प्रहरीका अनुसार उनले आफू बस्दै आएको सनराइज सिटी अपार्टमेन्टमा झुन्डियर आत्महत्या गरेकी हुन् ।

प्रहरीले आत्महत्याको कारण डिप्रेशन रहेको जनाएको छ । शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् ।

घटनास्थलमा भेटिएको सुसाइड नोटमा आफु ‘डिप्रेशनको शिकार’ भएको उल्लेख गर्दै उनले लेखेकी छिन्– ‘यसमा कसैलाई दोष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ ।’
‘पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैंले गरेको हो’ नोटमा भनिएको छ– ‘यसमा कसैको दोष छैन ।’

जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् । पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् ।

उनले अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार