एमाले कार्यदलको बैठक एजेन्डामा प्रवेश नै नगरि सकियो

नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक एजेन्डामा प्रवेश नै नगरी भोलिसम्मका लागि स्थगित भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार दोस्रो पटक बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न सकेन । यद्यपि एमाले नेता सुवास नेम्वाङले भोलि बस्ने बैठकले निश्कर्ष निकाल्ने बताए । ‘भोली साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्याउने छ । हामी आशावादी छौ’ नेम्वाङको भनाई छ ।

माधव कुमार नेपाल पक्षका नेता घनश्याम भुसालले चाहिँ १० दिनदेखि केही पनि प्रगति नभएको भन्दै निराशा व्यक्त गरे ।

भुसालले भने, ‘१० दिनदेखी हमी जहाँको त्यहीँ छौं ।‌ टुंगोमा पुग्ने कोसिस गरिरहेका छौं, भोलि बिहान बस्ने बैठकमा मिलाउने कोसिस गर्छौ ।’

वरिष्ठ नेता नेपालले पार्टीभित्र अध्यक्ष ओलीकै हैसियतमा बराबर शक्ति सन्तुलनको माग गरेको चर्चा छ । कार्यदलले सो विषयलाई भने टुङ्गो लगाउन नसक्ने बताएको छ । त्यसमा अध्यक्ष ओली र नेता नेपालबीच नै सहमति हुनुपर्ने र बाँकी विषयमा कार्यदलले सल्टाउने तयारी गरेको छ ।

सांगठनिक संरचनामा शक्ति सन्तुलनदेखि लिएर २०७५ जेठ २ अघिको हैसियतमा एमालेको सांगठनिक गतिविधि सुचारु गर्ने विषयमा दुवै पक्षबीच मोटामोटी सहमति बनिसकेको कार्यदलका सदस्यहरुको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार