कटारीमा जिप दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु

कटारीबाट रुपाटार जाँदै गरेको जिप दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिप दुर्घटनामा मृत्यु हुने युवक ताप्ली–५ का २५ वर्षीय रमेश नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार कटारी बजारबाट ताप्लीको रुपाटार जाँदै गरेको प्रदेश २–०१००१–च –००५० नम्बरको जिप दुर्घटनामा परेको हो । जिप डुढेस्थित भित्री सडकखण्डको उकालोमा चढ्न खोज्दा चिप्लिएर दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

नेपालीको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको र फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार