सबैलाई ईपीएस परीक्षामा सामेल गराउन उच्च अदालतको आदेश

कोरियन भाषाको (ईपीएस) परीक्षा दिन पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका सबैलाई परीक्षामा सामेल गराउन आदालतले आदेश दिएको छ। उच्च अदालत पाटनले शुक्रबार यससम्बन्धी रिटमा सुनुवाइ गर्दै आवेदन दिन इच्छुक सबैलाई सामेल गराउन आदेश दिएको हो । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई इपीएस परिक्षमा सहभागी गराउन आदेश दिएको छ ।

आदेशमा भनिएको छ,‘निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नू ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार