चितवनमा भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनमा इलेक्ट्रिक भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१, सिमपानीका ६१ वर्षीय गणेश थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति करिब ११ बजे भरतपुर महानगरपालिका–१२, मिलनचोकमा बा प्र ०३–००१ज ४५८ नम्बरको भ्यानले पैदलयात्री उनलाई ठक्कर दिएको थियो । उनी भरतपुर–११, घोलबजारमा बस्दै आएका थिए ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका निम्ति जिल्ला अस्पतालमा लगिएको थियो । उपचारका क्रममा राति नै उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

सो भ्यान नियन्त्रणमा लिइएको र चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।ृ

सम्बन्धित समाचार