सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनवाइ, फैसला हुन सक्ने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि सुनवाई हुने भएको छ । काठमाडौँ जिल्ला अदालतमा केही दिन देखी जारी सुनुवाइ बहस नटुङ्गिए पछि आजसम्मका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।

जसअनुसार सम्भवतः आजै फैसला आउने गरी सुनवाई हुने बुझिएको छ । हिजोको सुनवाईमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठलगायतले बहस गरे पनि श्रेष्ठको बहस सकिएको थिएन । शुक्रबार पनि श्रेष्ठले बहस गर्नेछन् ।

गत आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनवाइ जारी रहेको छ ।

सम्बन्धित समाचार