मुख्यमन्त्री राउतका पिएसओ असईको दुर्घटनामा मृत्यु

धनुषामा ट्रक र मोटरसाइकल ठोक्किँदा प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको पिएसओको घटनास्थलमै मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका-१० लालगढस्थित मोडल अस्पतालनजिक शुक्रबार बिहान करिब साढे दुई बजेतिर एउटा ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

असई कापरको ड्युटी सकेर घर फर्कने क्रममा ट्रकले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको धनुषा प्रहरीले जनाएको छ । उनलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले फेला पार्न सकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार