दार्चुलामा पहिरोमा परेर तीन जनाको मृत्यु, एक घाइते

दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । जिल्लाको नौगाढ गाउँपालिका–३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

पहिरोले घर पुरिँदा ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना र सोही ठाउँकी २९ वर्षीया लक्ष्मण सितौलीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) मनोहर भट्टले बताए । सितौलीको घट्ट जाने क्रममा आएको पहिरोमा परेर मृत्यु भएको डिएपी भट्टले बताए । पहिरोमा परेर नौगाढ गाउँपालिका-३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएको उनले बताए ।

पहिरो गएको स्थान दार्चुला सदरमुकाम खलंगाबाट ८ घण्टाको पैदल दूरीमा पर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार