आन्तरिक गृहकार्य गर्ने भन्दै कार्यदल बैठक स्थगित

साँझ ७ बजे पुन: बस्ने

नेकपा एमाले कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित भएको छ । करिब १ घण्टा छलफल गरेका नेताहरू आन्तरिक गृहकार्य गर्नका लागि भन्दै उठेका छन् ।

एमाले सचिव गोकर्ण विष्टले सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य आवश्यक रहेकाले साँझ पुनः बस्ने गरी बैठक सकिएको जानकारी दिए । बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् । उनले भने, आजै निष्कर्षमा पुग्ने प्रयास हुन्छ । बाहिरी चर्चाको पछाडि नलागौं, वार्ता सकारात्मक छ ।’

संस्थापन पक्षका विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आन्तरिक छलफलमा जुटेका छन् भने माधव पक्षका कार्यदल सदस्यहरू वार्तास्थल अर्थमन्त्रालयमा आन्तरिक छलफलमा छन् ।

यसअघि आजको बैठक ढिला गरी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको थियो । माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएको कारण कार्यदलको बैठक आधा घण्टा ढिला भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार