विद्युतीय कार निसान लिफ सार्वजनिक, फूलचार्ज गर्दा ३११ किलोमिटर गुड्ने

विद्युतीय कार निसान लिफ आज नेपालमा सार्वजनिक भएको छ । आधिकारिक वितरक पायोनियर मोटोकर्पले भर्चुअल कार्यक्रममार्फत  निसान लिफ सार्वजनिक गरेको हो ।

पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणकाबीच ‘बोल्ड प्रिमियम लुक्स’ र अत्याधुनिक फिचरका साथ निसान लिफ नेपाली बजारमा आएको हो ।

निसान ब्राण्डको फ्लेगसिप र सतप्रतिशत विद्युतीय कार अल न्यु निसान लिफमा उत्कृष्ट पर्फमेन्स, स्मार्ट र इन्टेलिजेन्ट ड्राभिङ अनि शून्य कार्बन उत्सर्जन क्षमता भएको कम्पनीले बताएको छ ।

निशानको डिजाइनको कुरा गर्दा यो एउटा पाँच सिटको ह्याचब्याक कार हो । अत्याधुनिक, उर्जा दक्षता र एरोडाइनमिक डिजाइनयुक्त निसान लिफको एक्सटेरियर लुक्सले बलियो ब्राण्डको झलक दिन्छ ।  निसान लिफको इन्टेलिजेन्ट ड्राइभिङ, पावर र इन्टिग्रेसनको उदाहरणीय समायोजन हो ।

सतप्रतिशत विद्युतीय र शून्य कार्बन उत्सर्जनको मूल उदेश्य बोकेका निसान लिफको चार्जिङ सुविधा काठमाडौंमा निसानको हरेक डिलरसिपमा उपलब्ध छ । यसमा ८ वर्षको ब्याट्री र १ लाख ६० हजार किलोमिटर दूरीको ग्यारेन्टी छ ।

यसको स्ट्याण्डर्ड मोडलमा १४७ हर्सपावरको विद्युतीय मोटर र ४० किलोवाटको ब्याट्री छ । यसले प्रतिघण्टा १४४ किलोमिटरको दूरी तय गर्दछ । एकपटपकको फूल चार्जमा यो गाडी ३११ किलोमिटरसम्म कुद्न सक्छ ।

निसान लिफले १४८ बीएचपीको पावर र ३२० एनएमको टर्क दिन्छ ।  गाडीभित्र रहेको ७ इन्चको कलरफूल कस्टमाएबल एमोलेड डिस्प्लेमा पावर मिटर, चार्ज टाइम, र इन्फोटेन्मेन्ट जस्ता उपकरण राखिएका छन् । सी सेग्मेन्टका इन्धनबाट सञ्चालन हुने कारको तुलनामा यो ३० प्रतिशत कम नै शान्त छ ।

यस गाडीमा भएको इपेडल प्रविधिका कारण एउटा पेडलबाटै चलाउन सकिन्छ । एउटै पेडलले ब्रेक र एक्सिलेरेटरको काम गर्दछ ।
इलेक्ट्रिक एक्सिलेन्सको स्वाद पस्कने निसान लिफको मूल्य भने ५९ लाख ९९ हजार नेपाली रुपैयाँ रहेको छ । आजैबाट गाडीको बुकिङ समेत खुलेको छ ।

आर्थिक वर्ष ०७८/०७९ को बजेट भाषण मार्फत सरकारले विद्युतीय सवारीमा अन्तशूल्य हटाउने र भन्सार कर घटाउने घोषणा गरेपछि बुधबार भर्चुअलरुपमा निसान लिफ सार्वजनिक भएको हो ।

लामो समय अघिदेखि नेपालमा सार्वजनिक हुन तयारीमा रहेको निशान लिफलाई विद्युतीय सवारी साधनमा अन्तशूल्क बढाउने सरकारको निर्णय पछि आधिकारिक वितरक पायोनर मोटोकर्पले सार्वजनिक गर्न ढिलाई गरेको थियो । निसानको विद्युतीय कारको सेग्मेन्टमा अत्याधुनिक मानिने यो गाडी सन् २०१० मै जापानमा सार्वजनिक भइसकेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार