ओली र नेपालबीचको वार्ता सकियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ। दुबै पक्षका नेताहरु रहकेो कार्यदल विवादित विषयमा सहमति उन्मुख भएपछि दुई नेताबीच बुधबार साँझ मेरियट होटलमा भेट भएको थियो । तर वार्ता बिनानिष्कर्ष टुंगिएको हो ।

वार्तामा ठोस सहमति नभए पनि सकारात्मक रहेको नेताहरुले बताएका छन् ।आजको वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए । यस्तै, नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको सहभागीता थियो । यस्तै बिहीबार कार्यदलको बैठकपछि ओली र नेपालबीच पुनः वार्ता हुने बताइएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार