कैलालीको टीकापुरमा सोमबारदेखि हराएका तीन वर्षीय बालकको शव भेटिएको छ । गत सोमबार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदीसँगै गएका टीकापुर नगरपालिका–१ का दिलीप विष्टका तीन वर्षीय छोरा विवेक विष्टको टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमाराको जमरा नदीमा शव भेटिएको हो ।
उनका आफन्त बमबहादुर विष्टका अनुसार दिदीसँगै जामुन खाएर फर्किएका उनी नजिकै रहेको आफन्तको घर जान्छु भन्दै गएका थिए । छोरा लिन आफन्तको घर जाँदा त्यहाँ विवेक नभेटिएपछि आफन्तले खोजी कार्य अघि बढाएका थिए।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार बाघमारास्थित जमरा नदीमा प्रहरीको टोलीले बालकको शव फेला पारेको हो । बालक विष्टको घरबाट जमरा नदी झण्डै ५ सय मिटर उत्तरतर्फ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।