ओली र नेपालबीच होटल मेरियटमा भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ ।

कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच भेटवार्ता भएको हो । भेटका लागि नेता नेपाल सात बजे होटल मेरियटमा पुगेका थिए भने नेता नेपाल पुगेको केही बेरमा ओली पनि मेरियटमा पुगेका छन् ।

वार्तामा दोस्रो तहका नेताहरु पनि सहभागी छन् । दुई नेताबीच समझदारी भएको खण्डमा आजै संयुक्त वक्तव्य निकाल्ने तयारी पनि छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार