एमाले कार्यदल बैठक निष्कर्ष उन्मुख, भोलिसम्म टुङ्गो लाग्ने

नेकपा एमालेको कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएको सदस्यहरुले बताएका छन् । जारी छलफल भोलिसम्म टुंगोमा पुग्ने विश्वास रहेको ओली पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले बताए । थप तयारीसहित भोलि ११ बजे फेरि बैठक बस्ने गरी आजको बैठक सकिएको उनको भनाई छ ।

एमाले पार्टी एकताका लागि कार्यदलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग पनि भेट गरी आज साँझसम्म टुङ्गोमा पु-याइने पनि नेम्वाङले बताएका छन् । आवश्यक परेको खण्डमा पार्टी अध्यक्ष ओली र नेता नेपालबीचमा भेटको सम्भावना पनि रहेको उनले बताए ।

कार्यदल बैठकमा जानुअघि नेता भीम रावलले माधवकुमार नेपालसँग भेट गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार