आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कायम भएको छ ।

यसअघि सोमबारको तुलनामा मंगलबार पनि सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको थियो । यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार ३२० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार