माओवादी केन्द्रविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने तयारीमा पूर्वमाओवादी नेता

नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा एमालेमा लागेका कारण पदमुक्त भएका नेताहरुले निर्वाचन आयोगमा उजुरी दिने भएका छन् । नेकपा माओवादी केन्द्र अवैध भइसकेको भन्दै रामबहादुर थापा (बादल) समूहले आयोगमा उजुरी दिन लागेका हुन् ।

पूर्वमाओवादी टोलीले आजै निर्वाचन आयोगमा आफूहरुमाथिको कारबाही फिर्ताको माग गर्दै निवेदन दर्ता गर्न लागेको हो । माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो ? जस्ता प्रश्नहरु उनीहरूले उठाएका छन् ।

२०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको उनीहरको भनाई छ । पूर्वमाओवादी नेता प्रभु साह, टोपबहादुर रायमाझी, लेखराज भट्ट र गौरीशंकर चौधरी माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनीहरु दलबदल गरी नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी पार्टीले कारवाही गरेको थियो । माओवादीबाट कारवाही परेसँगै उनीहरुको सांसद पद खारेज भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार