पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७५ औं जन्मदिन

पूर्वराजा ज्ञानेन्द्र शाहले आज ७५ औं जन्मदिन मनाउँदैछन् । शाहको जन्म वि.सं. २००४ असार २३ गते पूरानो नारायणहिटी राजदबारमा भएको थियो। तर यो वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमनाउने उनले बताएका छन् ।

राजनीतिले निराशा पैदा गरेको तथा कोरोना महामारी र प्राकृति विपदका कारण जनताले दुःख पाइरहेको भन्दै उनले यस वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमाउने घोषणा यसअघि नै गरेका थिए ।

उनी राजा महेन्द्रका माहिला छोरा हुन् । वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरवार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नास भएपछि वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा बनेका थिए ।

राजा भए लगत्तै वि.सं. २०६१ माघ १७ गते प्रत्यक्ष शासन हातमा लिएपछि नेपालका प्रमुख राजनीतिक दलहरुले उनीविरुद्ध २०६२–०६३ जनआन्दोलन गरेका थिए । सोही जनआन्दोलनको बलमा पुनःस्थापित संसदले देशमा गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाह नारायणहिटी दरबार छाड्न बाध्य भएका थिए ।

दुईपटक राजा
नेपालको इतिहासमा शाहले दुईपटक राजगद्दी सम्हालेका थिए। राणाविरोधी आन्दोलनका क्रममा उनका हजुरबुवा त्रिभुवन, बुवा महेन्द्र र दाजु बिरेन्द्रलगायत परिवारका अधिकांश सदस्य भारतमा शरण लिएपछि वि.सं.२००७ कार्तिक २२ गतेदेखि पुस २३ गतेसम्म उनी पहिलोपटक राजा भएका थिए।

माइला छोरा राजा हुने राजपरम्परा नभएपनि ज्योतिषहरुको ठहरका कारण उनी राजा बन्ने संयोग मिलेको थियो। राजपुरोहितहरुले पिता महेन्द्रलाई नवजात शिशुसँग रहँदा नराम्रो हुने भनेपछि उनी मामाघरमा हुर्किएका थिए।

२०५८ जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्र फेरि राजा बनेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार