भारतीय अभिनेता दिलीप कुमारको निधन

भारतीय सिने जगतका प्रख्यात अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उनको बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनलाई जुन ३० मुम्बईको सो अस्पतालमा भर्ना गरिएको थियो । कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन् । उनीहरूका सन्तान छैनन् ।

११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो । करिब २२ वर्षको उमेरमा उनले फिल्ममा काम सुरु गरेका थिए । उनले १९४४ मा फिल्म ‘ज्वार भाटा’ मा काम गरेका थिए । यद्यपि यो फिल्मले धेरै चर्चा पाएन ।

‘ट्रेजेडी किंग’ मा रुपमा परिचित दिलीप कुमारले ‘मुगले आजम’, ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’, ‘गंगा-जमुना’, ‘सौदागर’ जस्ता हिट चलचित्रमा अभिनय गरेका छन् । उनी सन् १९९८ मा पछिल्लो पटक ‘किला’ चलचित्रमा देखिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार