पर्वतको दोबिल्लामा इन्जिनियर सवार गाडी बग्यो

पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने दोबिल्ला खोलाले गाडी बगाउँदा ३ जना बेपत्ता भएका छन् । गएराती उर्लेर आएको सुन्दरे खोला तर्ने क्रममा गाडीमा सवार इन्जिनियरसहित ३ जनालाई बगाएको हो ।

उर्लिएको खोला पार गर्न खोज्दा मध्यपहाडी लोकमार्ग बिस्तारको काम गर्दै आएको लामा कन्ट्रक्सनको गाडीमा चढेको एक इन्जिनियर, चालक र एक सर्वसाधारण लाई गाडी सहित बाढिले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

बेपत्ता हुनेमा प्रोजेक्ट कोअर्डिनेटर रजाराम आचार्य, चालक इन्न्द्र चौधरी र एक स्थानिय रहेको बताइएको छ । प्रहरीले राती १२ बजेदेखि नै खोजी गरिरहेपनि अवस्था पत्ता लाग्न सकेको छैन । अहिले पनि दोबिल्ला खोला र मोदीखोलामा खोजी भैरहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार