ट्रक र मोटरसाइकल ठोक्‍किँदा बाबुको मृत्यु, छोरा घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ना६ख ६११८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु८प ८३५३ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मार्कीचोक बस्ने ३१ वर्षीय दुर्गा भुजेल रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकलमा सवार १७ वर्षीय साजन भुजेल घाइते भएका छन् । उनीहरु बाबु्छोरा हुन् । प्रहरीका अनुसार  ३१ वर्षीय भुजेलले छोराको लागि पुस्तक किनेर फर्किदैँ गर्दा दुर्घटना भएको हो ।

घाइतेको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् । मृतक भुजेलको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार