देशभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट प्रमुख शहरहरुमा विस्तार हुँदै

नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी डिश होमले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि २०२० दखि फाइबरनेट सेवा सुरु गरेको छ । यो सेवालाई छिट्टै नै नेपालका प्रमुख सहरहरुमा विस्तार गर्ने योजना कम्पनीको रहेको छ ।

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवार ईटहरीमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालमा बर्दिवास, बुटवल, ढल्केबर र शंखमुल पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंजलगायत अन्य स्थानमा पनि पुग्दै छ ।

डिशहोम फाइबर नेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा सम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार